导航菜单

南亚网视(尼泊尔)
काठमाडौँ महानगरले वैशाख १ गतेदेखि रात्रिकालीन बस चलाउने
责任编辑:南亚网络电视
发布时间:2026-04-02 16:50

Sajha Bus (3)

काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा वैशाख १ गतेदेखि दुई वटा रुटमा रात्रिकालीन सार्वजनिक बस सञ्चालन गर्ने भएको छ ।

पहिलो रुट लगनखेलबाट पाटन अस्पताल, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र गङ्गालाल हुँदै बूढानीलकण्ठसम्म र दोस्रो रुट थानकोटबाट कलङ्की, त्रिपुरेश्वर, माइतीघर, बानेश्वर हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म हुनेछ । यी दुई रुटमा चार वटा विद्युतीय बस सञ्चालन हुनेछन् ।

कार्यवाहक मेयर सुनिता डङ्गोलले बेलुका ८ बजेपछि बस नहुँदा यात्रुले महँगो भाडा तिर्नुपर्ने समस्या समाधान गर्न यो सेवा शुरू गर्न लागिएको बताउनुभयो । सेवालाई आधुनिक, सुरक्षित र दिगो बनाउन साझेदारहरूसँग सहकार्य गर्न महानगर खुला रहेको उहाँको भनाइ छ ।

बस बेलुका ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछ । हरेक बिसौनीमा २० मिनेटको अन्तरमा बस आउनेछ । बसमा सीसीटीभी क्यामेरा र सुरक्षाका लागि नगर प्रहरी पनि रहनेछन् ।

免责声明:本网站转载文章版权归原作者所有,不代表南亚网络电视观点和立场。如涉及作品内容、版权和其它问题,请在30日内与本网联系,我们将在第一时间删除内容,本网站拥有对此声明的最终解释权。

已获得点赞0
建议
顶部